भ्रस्टाचारीलाई नांगेझार पार्न ‘जनतालाई स्याबासी आयोग’
February 26, 2012
● लुना
भ्रस्टचार के हो कसरी हुन्छ आदि तिर जान्न म । यस सम्बन्धमा बिगत केही बर्ष देखि नै ब्यापक छलफल / कार्यक्रमहरु भईरहेका छन् । सबैले स्विकारेको कुरा हाम्रा राजनितिक नेता नै भ्रस्टचारमा चुर्लुम्म डुबेको स्विकार्न जनताले घिर्ना गरेका सुजाता, शेर बहादुर, केपी ओली आदि सम्म पुग्नै परेन । जब दुनियाँ जनताले भोट दिएर जिताएको प्रचण्डजीहरु नै अपारदर्शी महलमा बसिदिएपछि । देश हाँक्ने यस्ता सारथीहरु नै यसरी भ्रस्टाचारमा मुछिएका छन् भने अब बाँकी कसलाई पो के के भन्ने ?
प्रहरी प्रशासन देखि न्यालय हुँदै सरकार हाँक्नेहरु सबैले मुलुकलाई खोक्रो पारिरहे । मुलुकको सम्बृद्दीको लागि लागिपर्ने रक्षकहरु नै भक्षक बनिदिएपछी यसैको परिणाम एशिया त के संसारकै शुन्दर देश नेपाल आज विश्वकै गरिब मुलुकको अग्रपंतिमा उभिएको छ । भ्रस्टचार मार्फत गरिबीको रसातलमा धसिएको मुलुक आर्थिक रुपमा डुब्दै जाँदा महंगीको मारमा परेर सर्बसाधारण नेपालीहरु निस्सासिएका छन् । करोड नेपालीको हिर्दयमा चोट पुगेको छ यो सब दृश्य देख्दा / भोग्दा / बुझ्दा ।
बाबुरामको सरकार भन्छ ‘हेल्लो सरकारमा उजुरी गर्नेलाई पुरस्कारको ब्यबस्था’ । पुरस्कार त्यसै दिने होईन होला । भ्रस्टचार सम्बन्धमा प्रमाण देखाएर उजुरी गर्नेलाई पुरस्कार दिने होला । यदि यसो हो भने कोही नेपाली नागरिकले प्रचण्डजीको महललाई सप्रमाण देखाई ‘प्रचण्ड जी ले भ्रस्टचार गरे’ भनेर उजुरी गरे प्रचण्डजी लाई कारबाई गर्छ यो सरकार ? प्रमाण के ? उनको आम्दानि भन्दा बढी रकम लाग्ने उक्त महल सम्बन्धमा कुन आय स्रोतको माध्यमले उक्त महल भाडामा लिए वा किने ? त्यो पारदर्शी ढंगले स्पस्ट गर्न नसके पछी त्यहाँ भ्रस्टचार भयो कि भएन भनेर अनुमान लगाउन फेरी अर्को नयाँ ‘प्रचण्ड निबास सम्बन्धमा खोजबिन गर्ने नयाँ अख्तियार आयोग’ भनेर राख्नु पर्ने हो कि के हो ?
सुडान काण्डलाई नै हेर्ने हो भने मिडियाहरुले खुल्लम खुल्ला सप्रमाण देखाएर लेखेको छ सुजाता रुबेल सिटौलाहरु मतियारको रुपमा रहेको भनेर । तर खोई उनीहरुलाई कारबाई गरेको ? सुडान काण्ड जस्ता काण्ड कति छन् कति नेपालमा ।
देशमा कानून छ । तर त्यो केहि प्रतिशतलाई देखावटी रुपमा लागू हुन्छ । सानालाई ऐन ठुलालाई चैन । पूर्ण रुपमा लागू हुँदो हो त दुनियाँ नेपालीले पढ्ने पत्रपत्रिकाले फोटो सहित सप्रमाण लेख्दा अनि अख्तियार दुरुपयोग आयोगले दोषी प्रमाणित गर्दा पनि किन कारवाही हुन्न ? अदालतले कारबाई गर्नु पर्ने भन्ने अनि अदालतले फेरी कानूनी प्रमाण चाहिने भन्ने ? एकले अर्कालाई देखाएर आफ्नो जिम्मेवारीबाट पन्छिँदै जनताको आँखामा छारो हाल्ने काम भइराखेको छ ।
यसरी अन्तत : देशको कानूनलाई नै पक्षघात बनाएर उई चतुर नेता कर्मचारी हाकिम भ्रस्टचारी ब्यापारीहरुले आफ्ना सात पुस्तालाई पुग्ने गरि भकारी भर्दै आएका छन् । नेपाली जनताको रगत पसिना चुस्दै देशलाई खोक्रो बनाईरहेका छन् ! कहिलेसम्म नेपाली जनताले यो सब हेर्दै सहिरहने ? नेता, कानून, प्रशासनको भर पर्न नसकिने स्थितिमा यिनैलाई सहि ठेगानमा ल्याउन सक्नु पर्यो सचेत नेपाली जनताले !
क्रमिक रुपमा दोस्रो तेस्रो आदि उपायहरु खोजौ । नैतिकता, आर्थिक सबलता, आर्थिक समानता आदि इत्यादि आउला नै । अब अहिले चाहिँ तु हुनु पर्ने प्रथम उपाय हेरौ । अहिलेलाई टड्कारो रुपमा देखिएको त्यो प्रथम उपाय जनता र मिडिया आपसमा मिलेर यिनलाई नाग्गेझार बनाउनु हो समाजमा । अब मिडियाले अमिर खानको पिप्ली लाइभ स्ट्याईलमा यी भ्रस्टचारीहरुको खेदो खन्नु पर्छ ! अनि जनताले मिडियालाई साथ् दिनु पर्छ !
त्यस्ता भ्रस्टचारीहरुको हिजोको जिबन कस्तो थियो आज कसरी चलिरा’छ र त्यस्ता भ्रस्टचारीहरुलाई तिनका आफन्तिले कुन रुपमा हेर्छन् ? छर-छिमेक समाजले कुन रुपमा हेर्छन् ? त्यस्तो भ्रस्टचारीलाई हेरिने नकारात्मक पक्षलाई समेटेर लेख छापिदिने । टिभी च्यानल मार्फत देखाईदिने । सरकार नेता आदिले के बोल्छ ति भ्रस्टचारीहरुको बिषयमा आदि जस्ता कुरालाई लिएर यिनलाई उठी सुख न बसी सुख नबनाई कुनै धरै छैन ! भात खाएपनि आची खाएको जस्तो बनाईदिए पछी चेत नआई सुख र ? मान्छे हो आखिर त्यसलाई यै समाजमा नबसी सुख छ ?
जसले भ्रस्टचार सम्बन्धि मिडियालाई जानकारी दिन्छ तिनलाई उचित पुरस्कारको ब्यबस्था पनि गर्ने । यसलाई भ्रस्टचार निवारण आयोग भने जस्तै गरि “जनतालाई स्याबासी आयोग” नाम दिने । अनि उक्त आयोग मार्फत पिप्ली लाईफ स्टाईलमा भ्रस्टचार सम्बन्धि जानकारी दिनेलाई समाजमा इज्जत दिलाउने हेतु तिनको साहसिक कामलाई प्रशंशाको फूलमालाले स्वागत गर्ने । पुरस्कार स्वरूप पैसा पनि दिने किनकि तिनै जनताले दिएको जानकारी मार्फत पत्रिका पनि त बिक्छ । त्यसैले सबै कुरा दोहोरो हुँदा सबैको हितमा हुने । भ्रस्टचार चरम रुपमा मौलाएको अहिलेको परिस्थितिमा हामी नेपाली जनताले मिडियालाई नगुहारे अब कसलाई गुहार्ने ?
विकिलीक्स जस्तै सालोक्य ग्रुपले नेपालिलीक्स खोल्दै त्यस लिक्समा तथ्य सहित थाहा हुन आएको भ्रस्टाचार बारेका घटनाको जानकारी दिन वेव साईट नै खोलेको थिएन र? खै त्यों वेव साईटले के नै तथ्य संकलन गरि कुनै ब्यक्ति ऊपर कारबाही, उजुरी गरेको पाइयो? भ्रस्टाचार यस्तो चीज छ की त्यों सर्बत्र ब्याप्त छ, चाहे कुनै ठूलो पार्टीको नेता होस वा पत्रकार वा सर्वसाधारण / मौका मिल्यो की हिजो सम्मको भ्रष्टाचार बिरोधी आजबाट धंदा शुरू गरिहाल्छ / नेता बिकाऊ, पत्रकार बिकाऊ, कर्मचारी बिकाऊ, पुलिस बिकाऊ, अख्तियार बिकाऊ, न्यायालय बिकाऊ, हरेक नागरिक बिकाऊ छ यहाँ / अनि कसरी बिकृतिको उन्मोलन हुन्छ यहाँ?