भारतले गर्दा देशले निकास पाएन – देव गुरुङ
December 16, 2012
●लुना

भारतले गर्दा देशले निकास पाएन – देव गुरुङ
नेकपा-माओवादीका सचिव देव गुरुङले चार दलबीच हुने सहमतिले देशलाई निकास नदिने बताउनु भएको छ । अहिलेको सरकार भारतको इसारामा चलिरहेकाले राष्ट्रियता गम्भीर संकटमा परेको अवस्थामा यहाँ दलहरुले गर्ने सहमतिले निकास नदिने उहाँको भनाई छ ।
आइतबार नेकपा-माओवादी प्यूठानको दोश्रो जिल्ला भेलामा गुरुङले शान्ति प्रक्रियाका नाममा भारतमा भएको बाह्रबुंदे सम्झौतादेखि भारतले नेपालमा आफु अनुकुल सरकार संचालन गर्दै आएको बताउनु भयो । प्रचण्ड र प्रधानमन्त्री भट्टराईलाई पैसाको लोभ देखाई भारत सरकारले इतिहासमा हुन नसकेका सन्धी सम्झौता पुरा गरिरहेको उहाँको भनाई थियो ।
बैद्यले त्रिभुवन विमानस्थलमा भारत सरकारले सामान्य चेकजाँच चौकी माग्दा त्यहाँको सम्पूर्ण व्यवस्थापन र सुरक्षाको जिम्मा भारतलाई दिने, पार्टीको निर्णय र नीति विपरित राजाहरु, कांग्रेस एमालेले नगरेका दुरगामी असर पार्ने विप्पा सम्झौता, सिमा सुरक्षा, जलविद्युत लगाएतका राष्ट्रघाति सम्झौता गर्दै कम्युनिष्टहरुको सिद्धान्त विपरित चलेको बताउनु भयो । कम्युनिष्ट र क्रान्तिका नाममा एमाओवादी राजा, यथास्थितिवादी दलहरु तल्लो स्तरमा पुगेको उहाँको भनाई छ ।
नेकपा-माओवादीका सचिव गुरुङले पोखरामा विमानस्थलको माग गर्दै भएको आन्दोलन प्रचण्डले चलाएको दावी गर्नुभयो । १२ अर्व कमिसनका लागि प्रचण्डले आन्दोलन गराएको उहाँको भनाई छ ।
: अनलाईन खबर
http://www.onlinekhabar.com/2012/12/16/21503.html
“१२ अर्व कमिसनका लागि प्रचण्डले आन्दोलन गराएको उहाँको भनाई छ”
यी पनि उनै प्रचण्डका शिष्य हुन; जो अहिले ठुलो भाग नपाएर रुष्ट छन। भारतको इशारा पाउन साथ बैध्य जी पनि india शरणम गच्छामी जप्ने छन।
मनिष जी
तपाईको कुरामा मलाई शंका छैन कत्ति पनि . बेला बेलामा यी महोदय हरुको नाम लिनुको कारण यिनका बोलीलाई सम्झनको लागी मात्रै हो .
भोली यिनका दिन पनि आउने नै छ — बाबुरामहरुलाई चुईगम चपाए झैँ चपाएर फाले पछी बैध देब हरुको पालो पनि आउला नै — बरु छिट्टै आओस त्यो दिन पनि — असली रुप देखे पछी त राम्रै चेतना आउला नि हामी नेपाली जनतामा .
निराश भईहाल्नु हुदैन .