Bindu

Images intégrées 1
चिनियाँ पर्यटकलाई निशुल्क भिषा फाईदाको लागि या  कुटनैतिक बाध्यता  ?
——————————————————————————————————————-भारतीय नागरिक या  पर्यटकको 


बारेमा ऐले कुरा नै नगरौ , नेपालका साँध सिमामा न त कुनै छेकबार छ न त भिषा सिस्टम नै लागू गरिएको छ ! बिगत देखि नै भयंकर भईरहेको गल्ति निरन्तर चलिरहेकै छ , बारम्बर फेरिरहने कांग्रेस – माओबादि एमाले जुन सुकै पार्टी सरकारमा पुगे पनि  यस मामलामा सुधार गर्ने हिक्मत गर्न सकेको छैन ।

कुरा अब चिनियाँ नागरिक / पर्यटक सम्बन्धि  ,
गएको बैशाख १२ को महाभूकम्पले  पर्यटकीय ब्यापार मुर्झाएको त थियो नै , त्यस पछी लगत्तै संबिधान निर्माण प्रक्रियामा असन्तुस्ट बनेको भारतले बिभिन्न बहानामा नेपालको राजनीतिमा ठाडो हस्तछेप गर्दै नाकाबन्दी गरिदिंदा मुर्झाई रहेको पर्यटकीय ब्यापार ठाडै सुक्दै गयो  । पर्यटक घटिरहेको अबस्थामा नेपाललाई  पर्यटक त चाहिन्छ नै ।
अब ऐले चिनियाँ नागरिकलाई निशुल्क भिषा दिन थालेको छ नेपाल सरकारले ।
सरकारको यो कदमलाई कुन रुपमा हेर्ने ? भूकम्प अनि भारतीय नाकाबन्दीका कारण मुर्झाई रहेको पर्यटन ब्यबसायलाई उर्जा दिन गति दिन सरकारबाट यो कदम चालिएको हो ? या  चिनियालाई पनि फ्री भिसा दिएर घुमाउरो रुपमा ( चाईना कार्ड खेलिदिन सक्ने पारामा )  भारत सरकारलाई नाकाबन्दी खोल्न दबाब दिन यो बाध्यतात्मक कुटनीति चाल्नु परेको ?
नेपालको पर्यटनलाई मद्दत गर्ने उद्देश्यले नै केही समयको लागि मात्रै गरेको हो भने चै नेपाल सरकारले अर्को महत्वपूर्ण काम पनि  गर्न सके हुन्थ्यो : जुनसुकै देशका पर्यटकलाई १ महिनाको लागि फ्री भिसा ब्यबस्था । थाईल्याण्डले अपनाएको टुरिजम नीति जस्तो । यसो हुन सके नेपाललाई चाइना कार्ड प्ले गरेको दोष पनि लाग्ने थिएन  । टुरिस्ट आगमन पनि बढ्ने थियो । नेपालका स- साना होटल – लज – ट्रेकिंग एजेन्सी आदि सहज रुपमा चल्न मद्दत पुग्ने थियो । भीषा निशुल्क भए पनि  नेपालका बिशेस स्थान जस्तो कि भक्तपुर / पाटन / बसन्तपुर् दरवार स्क्बाएर हुदै स्यम्भु / पशुपतिनाथ / बौधनाथ आदि आदि ठाउँ हरु घुम्दा  बिदेशी पर्यटकले अतिरिक्त कर त तिर्थे नै , त्यो कर राज्यलाई आम्दानि हुने नै थियो।
यदि यसो हो भने  यो फ्री भिसा *केही समयको लागि  नेपालको बिशेष परिस्थितिमा*   भनिनु पर्छ  अर्थात ओईलाएको टुरिज्मलाई मौलाउने बाताबरण बनाउन नेपाल टुरिज्म व्यवसायीको आग्रहमा नेपाल सरकारले उपलब्ध गराएको बिशेष कार्यक्रम ।
 त्यस पछी नेपाल सरकारले चाल्ने कदम निकट भबिष्यमा नै सके सम्म छिट्टो नेपालको भारतीय साँधमा सिमा बाधिनु पर्छ अनि पुन : भारतीय नागरिक / चईनिज नागरिक हुदै जुनसुकै बिदेशी पर्यटक लाई भिषा शुल्क लगाईनु पर्छ ।

%d bloggers like this: