दुई थोपा आँसु

January 25, 2014

दुई थोपा आँसु

Bindu 

^^^^^

टप्प !
टप्प !!
सियो खसे आवाज हुने सून्यतामा यो आवाज उनको आँखाबाट खसेको आँसुको थियो। आज आइतबार, विदाको दिन, बितेका दिनहरुको एल्बमको पाना पल्टाइरहँदा फिलिपको आँखाबाट त्यसरी आँसु बगिरहेको थियो।
आँसुले एल्बममा रहेको माछापुच्छ्रे हिमाललाई पृष्टभूमि बनाएर हाँसिरहेकी एक युवतीको तस्बिर पूरै भिजिसकेको थियो। सुरेखा- फिलिपकी पत्‍नी थिइन्। भिजेको तस्बिरलाई पुछ्दै फिलिप फेरि अतितमा डुब्यो । —- — — —— –

‘आमा’ ! सुरी खा का गोयो ? मो खोज्छ उसलाई’
(आमा ! सुरेखा कहाँ गइन् ? म खोज्दैछु उनलाई)
फिलिपले सासुआमासँग सोध्यो भान्सामा गएर। आमा तिहारको लागि सेलरोटी पकाउन भिजाइराखेको पिठो हातले फिट्दै थिइन् ।
छेवैमा सुरेखाकी भाउजु सन्जु ओखलमा भिजाइएको चामल कुट्दै थिइन्। नजिकै आएर चर्को स्वरमा नबोले प्रस्ट नसुन्ने सुरेखाकी आमाले हो त हो ज्वाइँले उनकै भाषामा बोले होलान् भन्ने सोच्दै भनिन्, ‘त्यार(तिहार)लाई रोटी पकाउन ला’ ज्वाइँसाब। तातो घिउमा (हातले पिठो घुमाएर देखाउँदै) यसरी गोलो गोलो गरी पकाउने। रोटी राम्रो फूल्न पिठो धेरै फिट्नु पर्छ ज्वाइँसाब!’ -भन्दै उनी पिठो फिट्न थालिन् ।
सुरेखाले भनेकै थिई फिलिपलाई ‘फिल ! आमाले राम्रोसँग कान सुन्नु हुन्न। अलि चर्को स्वरमा बोल्नु पर्छ। उसले कुरा बुझ्यो- सासुआमाले आफ्नो कुरा बुझिनन्। ऊ नजिकै गएर ठुलो स्वरले बोल्यो- ,’ आमा ! सुरिखा का गोयो ? म खोज्छ उस्लाई’
‘ए ! बिरालो खोज्नु भा ? ‘ – सासुआमाले ज्वाइँले ‘सुरी खा ‘ भन्दा बिरालो भन्ने बुझिन् ।
‘ओह !’ भन्दै टाउकोमा हात राख्यो फिलिपले ।
सुरेखाले धेरै पटक सिकाएकी थिई ,’ सुरी खा होइन सुरेखा’ ! please try to say again fil ! ‘
‘सुरी खा’ ऊ उस्तै गरी दोहोर्‍याउँथ्यो । अनि ‘ उफ!’ गर्थी सुरेखा । उसले फिलिपलाई भनेकी थिई- हामी बिरालोलाई बोलाँउदा ‘ सुरी ! सुरी ! ‘ भनेर बोलाउँछौ । त्यसपछि ऊ हाँसेको थियो र जिस्काएको थियो सुरेखालाई ‘ मा सुरी = ma souris (फ्रेन्च भाषामा मेरो मुसा) ।
अहिले फिलिपले कुरा बुझ्यो र प्रस्ट्याउँदै बोल्यो, ‘आमा! म तिम्रो छोरी सुरीखा, मेरो श्रीमाती (श्रीमती) सुरिखा खोज्यो । look at here Ama ! किरा मोलाई (किराले मलाई) टोक्नु भायो, मो मेडिसिन का राख्यो था छैना, may be she knows .
(आमाले अ‍ग्रेजी बुझ्दिनन् भन्ने राम्रै थाहा थियो उसलाई र सक्दो नेपाली मिसाएर कुरा गर्न खोज्थ्यो ऊ)
‘ ए ! बरा ! ज्वाइँसा’ब ! ‘ सासु आमाले बल्ल कुरा बुझिन् । भिजाएको चामल कुट्दै गरेकी सन्जुले पनि बुझिन् र बोलिन् सासुआमातिर हेर्दै ‘ मम्मी जी ! सुरेखा बहेन छत् मे हुनुहुन्छ । सासुआमाले बुहारीको कुरालाई दोहोर्‍याइन् ‘ माथि छतमा छे सुरेखा ज्वाइँसा’ब ! ( माथि भनेर छततिर हात माथि उचाल्दा फिट्दै गरेको पिठो उछिट्टिएर् फिलिपको निधारमा लाग्यो , फिलिपले हातले पुछ्दै ‘ धन्यवाद ! आमा मोलाई टिक्का ( टिका ) ला यो ‘! भन्दै माथि गयो हाँस्दै ।
सासुआमा बुहारीसँग हाँस्दै बोलिन् , ‘ बरा ! मेरो ज्वाइँ नारान! मलाई तिमी भन्नुहुन्छ अनि किरा-लामखुट्टेलाइ तपाईँ ! हरे ! ‘
‘ जी मम्मी जी ‘ भन्दै सन्जु पनि हाँसिन् र ओखलमा चामल कुट्न व्यस्त भइरहिन् ।
(नेपालको सिमाना नजिक मोतिहारी (भारत्) माइति भएकी सन्जु झालाई छोरा एकलव्यले प्रेमविवाह गरेको थियो। पढेलेखेको छोराको रोजाइलाई सहर्ष स्वीकारेका थिए बाबुआमाले। उसैगरी पढेलेखेकी छोरीको रोजाइलाई पनि सहर्ष स्वीकारेका थिए। छोराछोरी दुवैले विदेशी मुलुकका जीवन साथी रोजेका थिए)
सुरेखा माथि छतमा एकसुरमा माटाको पालामा तेल भर्दै थिइन् साँझको लक्ष्मीपूजाको लागि । आमाले तेल फारु हुन्छ भनेर पालालाई पानीमा डुबाएर (भिजाएर) तौलियाले पुछ्दै सुख्खा पारी तेल भर्न अर्‍हाएकी थिइन् सुरेखालाई । गाढा रातो पारीमा गाढा हरियो साडी लगाएकी सुरेखाका हातभरिका चुरा छिन्-छिन् बजिरहेका थिए उसका हातले माटोका पाला पुछ्दै तेल भरिरहँदा । फिलिप चुरा बज्दा आइरहेको छिन्-छिन् आवाज मुग्धसँग सुन्दै एकटकले हेरिरहेको थियो सुरेखालाई । एकोहोरो आफ्नै सुरमा काम गरिरहेकी सुरेखाले फिलिप नजिकै उभिएको थाहा पाएकी थिइन अझै ।
नजिकैको बाँसघारीबाट एक हुल चराका बथान झन्डै-झन्डै सुरेखालाई छोउँला झैँ गरी सुरेखाकै छेवैबाट माछापुछ्रे हिमालतिर उड्यो । पालामा तेल भर्दै गरिरहेकी सुरेखा एकछिन अडिएर चरा उडेतिर हेर्नथाली । छ्याङ्ग घाम लागेकोले नीलो आकाशमुनिको सेतो माछापुछ्रे हिमाल टलक्क टल्केको थियो सेतै चाँदी झैँ ।
‘ beautiful ! ‘
फिलिपको स्वर सुनेर सुरेखाका नजर माछापुछ्रेबाट ओर्लिएर फिलिपको हल्का हरियो -निलो आँखामा बिसायो। निलो सागर झैँ शितल आँखामा हेर्दै सुरेखा बिस्तारै बोली ,’ Fil ! U ! ‘ अनि मायालु हाँसोले फिलिपलाई स्वागत गरी ।
सेताम्मे माछापुछ्रे सुरेखाका सुन्दर दाँत बनी उभिए झैँ लाग्यो फिलिपलाई सुरेखाका सुन्दर हाँसोमा । आफूलाई गौरसँग हेरिरहेको फिलिपलाई हेर्दै बोली सुरेखा ,’ FIl ! where r u ?! ‘ (कहिलेकाहीँ सोचमा हराइरहेको फिलिपलाई झस्क्याउनु पर्दा हात मुहार नजिकै लगेर ब्युझाउँथी सुरेखा । अहिले पनि त्यसै गरी सुरेखाले) ‘माचापूछारे’ ( माछापुछ्रे) ! सुरेखाका सजल आखामा हेर्दै पुन : बोल्यो फिलिप , ‘ i am seeing there are two माचापूछारे’ !
‘ where ???!!! here is only one ! that one Fill ! ‘ उस्का सुरिला औला माछापुछ्रे हिमालतिर तेर्सिए ।
फिलिपले माछापुछ्रे औंलाइरहेको सुरेखाको हात माथि हात राख्दै बोल्यो ,’ ya ! that one ! and here u have too ! here !! your beautiful teeth ‘ ! , उसले सुरेखाका सुन्तला केस्रे ओठमा म्वाई खाँदै बोल्यो ।
‘UUUU! हे ! हे ! हे ! ‘ हासी सुरेखा अनि फिलिपको सागर झैँ शितल आखामा डुबुल्की लगाउँदै बोली ,’ you know Fil ! sometime you speak like Poet ! ‘
‘ ya may be ! coz of such beautiful माचापूछारे and your beautiful teeth ofcourse ! ‘
‘he!he!he!’ ! दुवै हाँसे मदमस्त ।
केही सम्झिए झैँ गरी बोल्यो फिलिप ,’ oh! सुरिखा ! i am coming here to ask medicine , look at this ! ( लामखुट्टेले टोकेका डाबर देखाउँदै बोल्यो ) mosquito bite me lot ! i could not find medicine i forgot where i put ! may be u saw somewhere dear ?
‘ oh! Fil! i’ll go with u ! ‘ सुरेखा न्याउरिदै हत्तपत्त औषधि खोज्न जान तयार भई ।
‘ no ! no ! carry on your work , just tell me if u see somewhere –’फिलिप बोल्यो ।
‘ yes ! i think i saw inside your saving bag ‘ सुरेखा बोलि ।
‘ possible ! okk! thank u , i’ll go , i’ll be here soon with camera ‘ लोभिएको नजर माछापुछ्रेतिर दौडाउदै बोल्यो र तल गयो फिलिप ।
केही बेरमा क्यामेरा लिएर फिलिप किचनमा पुग्यो । ‘ आमा ! मो फोटो खिच्छा तिम्रो नो तपाइको , सांजु भौजु ( भाउजू ) को ‘ ऊ हाँस्दै बोल्यो ।
‘ हे ! हे ! ज्वाइँसा’ब ! ‘ आमा पनि हाँस्दै पिठो मुछिरहिन्। लज्जालु संजु पनि मुसुक्क हाँस्दै चामल कुटीरहिन् ओखलमा ।
फिलिपले धमाधम फोटो खिच्न थाल्यो । केटाकेटीहरु पनि आइपुगे । उनीहरुले कहिले हजुरआमा हजुरबुबासँग, कहिले मामामाइजुसँग टाँसिएर फोटो खिचाए । हजुरबा हजुरआमाको जोडी फोटो पनि खिच्यो फिलिपले ।
फोटो खिच्ने कार्यक्रम सिद्दिएपछि सञ्जुले बिस्तारै सासूआमासँग सोधिन्, ‘मम्मी जी! चाय ल्याई आउँछु ,’ सुरेखासँगै बोलिन् , ‘ भाउजु म पनि हेल्प गर्छु हजुरलाई ‘ दुवै तल गए ।
केही बेरमै चिया, केटाकेटीको लागि दूध लिएर उनीहरु आइपुगे ।
छोरी सुफी लाडिएर बोली , ‘ je restera avec ma हजुल आम्मा – हजुल बा ! ‘ ( उस्ले फ्रेन्च भाषा र नेपाली भाषा मिसाउँदै लाडिएर बोली- म मेरा हजुर आमा – हजुर बासँग बस्छु ) सफल पनि उसै गरि बोल्दै थियो ,’ मम ! ( आमा ! ) मो तिम्मो ( तिम्रो ) नेपाल बस्न मन पर्छ धेरै , हो मम ? ( हुन्छ आमा ? ) pleuse !!!
घरका सदस्य सबैको आँखा रसायो । फिलिप असाध्यै कमलो मनको मान्छे थियो । उसको आँखाबाट आँसु बर्रर बग्यो। आफूलाई सम्हाल्न उसले पुन : क्यामेरा मिलाए जस्तो गर्न थाल्यो । सुरेखा पालातिर पुगेर सुक्सुकाउँदै थिई । केटाकेटी अलमलमा परे । सन्जूले सुफीलाई काखमा राख्दै बोली , ‘ सुपि ( सुफी ) भान्जी ! हजुर राम्रो पढ़िनुस ( पढ्नुस ) , अब २-४ वर्ष मि ( मै ) सब नेपालमे बस्ने, अभि ( ऐले ) पढ्नु पर्छ नू ( नि ) , धिरै ( धेरै ) पढ़िलिख्यो भने सरकार आइडन्टटी दिन्छा नू तब हमर ( हाम्रा ) भान्जी – भान्जा सधै नेपाल बस्ने ।
केटाकेटी न हुन् ! एकैछिनमा तल आँगनमा पुगे पटाका खेल्नलाई । आमा- बा – दाइ – भाउजु सबै दुखेको मन लिएर तल गए ।
पछि फिलिप सुरेखातिर फर्केर कुरा गर्न थाल्यो विषय बदलेर ।
‘ wow ! i am so exited for this evening !

‘ Yes ! it will be beautiful evening ! ‘ आफूलाई सहज तुल्याउदै बोली सुरेखा ।
‘सुफी , सफल they are happy here ! ‘ बोल्यो फिलिप ।
‘ Yessss ! ‘ सुरेखाका सजल नेत्रमा खुशी छचल्किएका थिए । ‘
‘ ya ! ‘ फिलिपले सुरेखाको हात समाउँदै बोल्यो , ‘ We could live here but not that much easy . We just get job there ( in france ) , here already for Visa need to pay and need to Visa re-new time to time until 15 years . I will be as foregner until 15 year so not easy by this to settle ! and economically we are struggling ! not easy my dear !!
‘ I know Fil ! please dont feel upset ! we will be back when we will be economically enough strong — ‘
*******************
आज आइतबार, विदाको दिन, बितेका दिनहरुको एल्बमको पाना पल्टाइरहँदा फिलिपको आँखाबाट आँसु बगिरहेको थियो ।
सुरेखा र फिलिप नेपाल मै बस्न चाहन्थे छोरा र छोरीका साथ । तर सोचे जस्तो सजिलो थिएन उनीहरुलाई । यदि वैवाहिक सम्बन्धको आधारमा फिलिपले नेपाली नागरिकता पाउँदो हो त क्रमश: काम ब्यवसायमा पनि स्थापित हुन मद्घत पुग्दो हो । तर नेपालको कानून छोरीको हकमा असमान थियो । एउटै आमाका सन्तान सुरेखा र एकलव्यलाई नेपाली कानूनले काखा र पाखा नियम लागू गरेको थियो ।
एकलव्यकी श्रीमती सन्जु (भारतीय नागरिक) एकलव्यकी जीवन संगीनीको नाताले नेपाली नागरिक बनेकी थिइन्। तर सुरेखाका श्रीमान फ्रान्स मुलुकका नागरिक फिलिप यो कानूनी सुविधाबाट वन्चित भए । कारण सुरेखा छोरी थिइन्। नारीको हकमा लागू भएको यो असमान कानूनले सुरेखालाई आफ्नो परिवार (श्रीमान – छोराछोरी) को साथ नेपाल बस्न सहज बनाएन , सुरेखा चाहेर पनि नेपाल बस्न सकिनन् ।
फ्रान्स बसाइको क्रममा सुफी र सफल हुर्कँदै गएपछि सुरेखा जागिरमा लागिन् । केही समय फिलिपले सुरेखाको कार्यालयसम्म ड्रप (कारमा ल्याउन लैजान मद्घत) गरे पनि पछि सुरेखाले आफै कार चलाउन थालिन् ।
‘ हुने हार दैव नटार ‘ !
फिलिपको जीवनमा वज्रपात भयो । एक दिन सुरेखा कार्यालयबाट फर्किदा कार दुर्घटनामा परिन् । डाक्टरहरुले भरसक्दो प्रयास गरे तर विफल भयो । ११ र १२ वर्षका छोरी र छोरा , मायालु श्रीमान, नेपाल मै स्थायी बसोबास गर्ने उनीहरुको संयुक्त सपना सबैलाई छोडेर उनी परलोक भइन् ।
****************
अतितमा डुब्दै एल्बमका फोटो हेर्दै आँसु टप्प टप्प झारिरहेको फिलिपलाई छोरी सुफिले झस्क्याई-
‘ पापा !!!! ‘
पापाको आँसु पुछिदिई तर ऊ आफै पापाको छातिमा टाँसिएर रोई ‘ मामो !!!!!!!!!’ भन्दै
पापाले आँसु झर्न दिएनन् उनको । किनभने उनलाई थाहा थियो यो दुई थोपा आँसु उनले आफ्नो लागि साँचेर राख्‍नुपर्नेछ….

*******

मेरो संसारमा प्रकाशित http://www.mysansar.com/archives/2010/12/id/15877

( लुना नाम बाट पोस्ट गरिएको यो लेख २०१० को अन्त्य तिर लेखेकी थिए )

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: