माया र मैना

January 28, 2014

 

माया र मैना

-Bindu

एकादेशमा एउटा जङ्गल थियो । त्यस जंगलमा थरी थरीका रुख – बुट्यान थिए । नजिकै बाट मनमती खोला बग्थि । जङल नजिकै एउटा सानो टपरी गाउ थियो । टपरीगाउमा एउटा सानो चिट्ठीक्क परेको घर थियो जहाँ माया नामकी केटी बस्थी । माया टुहुरी थिई तर गाँउलेहरु को मायाले उस्ले टुहुरी महशुस गरेकी थिईन आफूलाई । उ हाँसी खुशी बाँचेकी थिई । माया सधैं साँझ् बिहान जङगल मा टोकरी लिएर जान्थी फल्फूल टिप्नलाई । फर्कदा गाँउका छिमेकीलाई थोरै फलफुल दिएर गँहुको छबाली साट्थी र घरमा गहुँको छबालिमा कलात्मक बुट्टा भर्दै हाते पङ्खा – टोकरी आदी बनाउथी । अनी त्यो गाउँ नजिक को शहरमा लगेर बिक्री गर्थी ।

~~~~
सधैंझै एक दिन माया टोकरी बोकेर गुनगुनाउदै फलफूल टिपेर फर्कदै थिई जङ्गलबाट , अचानक बाटो छेवैको बडेमाको काइयोको रुख मुनी ” चि ! – चि! ” आबाज सुनी उस्ले । उ आबाज नजिकै बिस्तारै गई । ओहो ! गूँड् सहितको चराको बचेँराले गर्दै चि ! चि ! गर्दै थियो । मायाले बरिपरि हेरी । अल्ली पर एउटा चरा मरेको थियो । उस्ले पक्कै यो बचेँराको माउ हुनु पर्छ भनेर अड्कल काटी । उस्को मन कट्ट्क्क भएर आयो । उस्ले जतनले गूँड् सहितको बचेँरा मैना चरी लाई घरमा ल्याइ । त्यो रातभर उस्ले मैना चरी सँग गीत गुन गुनाउदै बिताइ ।
~~~~
मायाको स्याहर सुसारले मैना चरी हुर्कँदै गई । माया एक्लै थिई पहिले अब चाँही मैना चरी लाई साथी पाएकी थि ई । उ हरबखत जे काम गर्दा पनि मैना चरीसँग बोलिरहन्थी ।गहुँको छ्बाली मा बुट्टा भर्दै मैना चरी सँग बोलिरहनु उस्लाई आनन्द लाग्थियो । हुँदा-हुँदा जङ्गल जाँदा पनि उ मैना चरी लाई साथ लिएर जान थालेकी थिई । अब त मैना चरी ले पनि मान्छेको भाषा बुझ्न् सक्ने भईसकेकी थिई । उ मायाले झै प्रस्ट सुरिलो सँग बोल्थी ।

बोल्ने साथी मात्रै होइन काम गर्ने साथी पनि पाएकी थिई मायाले । गाँउको खेततिर गएर चुच्चो ले गहुको छबाली बोकेर ल्याइ दिन्थी मैनाले मायालाई ।
मायाले शुरु शुरुमा ” अब यो हुर्कन्छे र एक दिन मलाई छोडेर उडेर जान्छे होला ! ” भन्ने सोँचेकि थिई तर अहँ ! मैना चरी माया सँगइ रमाएर बस्न थालि ।

~~~~

एक दिन , त्यो देशका महाराजा आफ्नी महारानीसंग घुम्दै घुम्दै टपरी गाँउमा आईपुगे । उनिहरु गाउले भेषमा जनताको पिर-मर्का बुझ्न् हिंडेका थिए । धेरै लामो कोशको बाटो पैदल हिड्दै आउँदा महारानी थाकेकी थिइन् । उन्ले भनिन , ” महाराज ! कतै बिश्राम पाँउ ! , पाउ गल्यो ! ”

” प्री य ! जाँदा जाँदा जुन घर भेटिन्छ त्यही बिश्राम गरौली ! अझै एक छिन् धैर्य गर ! ”
उनिहरु हिड्दै हिड्दै मायाकै घरमा आईपुगे । माया आँगनमा गुन्द्री मा बस्दै गीत गुन गुनाउदै गहुँको छबालिमा बुट्टा भर्दै थिई । मैना भने पर खेत मा छबाली टिप्न गएकी थिई ।
राजारानी मायाको छेउ मा पुगे ।
” नानी ! ”
मायाले टाउको उठाएर हेरिन । दुई थकित बटुबाहरु देखिन ।
उनी जुरुक्क उठिन र भनिन , ” तपाईंहरु निक्कै थाकेको देखिनु हुन्छ ! बाटो पो बिराउनु भो कि ! ? मैले केही मद्घत गर्न सकुँला ? ”
” यिन्को ( रानी तिर देखाउदै ) सार्है गोडा गल्यो ! एक छि न् तिम्रो आँगन मा बिश्राम पाउछौ कि भनेर नाइ ! ” राजाले जनभाषामा बोले ।
” ओहो ! हुन्छ नि ! म गुन्द्री ल्याइ हाल्छु भित्र बाट ! ” भन्दै उनी गुन्द्री लिन गईन र पानी फल्फूल पनि ल्याएर पाहुना को सत्कार गरिन । दुबै अती प्रसन्न भए । उनिहरुले मायाले बुनेको हाते पंखा पनि किनेर लगे । माया पनि खुशी भईन घर मै बिक्री हुँदा ।

~~~~

त्यो गहुँ छबालिको कलात्मक हाते पंखा राजा र रानी ले आफ्नी राजकुमारिलाई कोशेली स्बरुप उपहार दिए ।
राजकुमारिलाई त्यो कलात्मक पंखा को बुट्टा असाध्यै मन पर्‍यो । उन्ले बुवामुमा सँग बिन्ती गरिन , ” बुवा हजुर ! मुमा हजुर ! यो पंखामा भएको कला सिक्ने धोको बन्यो मेरो ! इच्य्छ्या पूरा गरी पाउ ! ”
प्राण प्यारि छोरीको यो इच्या देखेर राजाले तुरुन्तै भारदार हरुलाई डाके र आदेश दिए , ” टपरी गाँउ मा एउटी कन्या छिन् माया ! जाओ ! उन्लाई बोलाएर ल्याओ ! हाम्री राजकुमारीले कला सिक्न खोजेकी छिन् ! ”
” जो आदेश महाराज ! ”
उनिहरु तुरुन्तै टपरी गाउ गए ।
मायालाई सम्पूर्ण बिर्तान्त बताए । त्यती खेर साँझ् पर्न खोज्दै थियो । त्यसैले मायाले भनिन , ” यो त मेरो अहोभाग्य हुने छ हाम्री राजकुमारीलाई सिकाउन पाउनु ! अहिले साँझ् हुनै लाग्यो , म भोली सखारै आउने छु हजुर ! ” बचन दिएर भारदार हरु लाई बिदा गरिन । बिदा सगै फेरी सानो गहु को छबालिको टोकरी पनि पठाईन उन्ले ।

~~~~~

यता रातभर माया र मैना चरी खुब खुशी हुँदै गहुको छ बाली मा बुट्टा भर्न था ले ।
मैना चरी ले चुच्चो ले छबाली टिपेर दिन्थिन , मायाले लिँदै धागोमा उन्थिन र बुट्टा भर्थिन ।
रात भर दुबै खुशी हुँदै बिभिन्न कल्पनामा मग्न भए । मायाले दरबार बाट पक्कै राजाले केही रकम बक्सगरी बक्सने छ , त्यो रकम बाट गाँउमा खेत किन्ने र त्यो खेत मा गहुँ छर्ने अनी धेरै गहुँको छबाली बाट धेरै कलात्मक सामान बनाउने र शहर मा लगेर बिक्री गर्ने योजना मैना चरी लाई सुनाईन । मैना चरिले पनि चुच्चुले सप्पै गहु को छ्बाली टिप्दै तिमीलाई दिन्छु है ” भन्दै हौसला दीइरहिन ।

~~~~

बिहानिको कुखुराको ” कुखुरी काँ ! ” सगै मैना ब्युँझी । उस्ले गीत गुङुनाउदै -गुन गुनाउदै मायालाई उठाइ । माया पनि हतार हतार तयार भई दराबार जानलाई । हिजो रातभर बनाएको कलात्मक सामान पनि बोकी । अनी हिंड्ने बेलामा भनी , ” मैना ! तिमी गहुँको छबाली मात्रै नबोक है ? आराम पनि गर नि ! म गए है ! ”
मैनाले भुरर् उड्दै ३-४ फ न्को लागाएर बिदाइ गरी ।

~~~~

माया दरबार पुगी । राजकुमारी मायाकै बाटो हेरी रहेकी थिईन । उनी खुशी भईन मायालाई देखेर । मायाले कलात्मक कला सिकाउदै गईन ।
यही क्रममा राज कुमारी र माया साथी बने । राजकुमारीले मायालाई दरबारमै जागिर दिलाउन बुवामुमा सँग बिन्ती गरिन । बुवा मुमाले यो रहर पनि पुरा गरिदिए । माया झन खुशी भईन सधैं दरबार जस्तो ठाउँमा जागिर पाउने भएर ।
~~~~
दिन बित्दै गयो । यता राज कुमारीलाई हेर्न कैलाश पर्बत् भन्ने देश बाट उमेश्बर राजा आउने भए विवाह को लागि । दरबार मा धुमधाम तयारी हुन थाल्यो । राजकुमारी को लागि बहुमूल्य रत्न जडित नौला डिजाईन का गहना हरु मगाईयो ।
मगाईएका ति गहनाहरु एकाएक राजकुमारी को खोपी बाट गायब भयो !
यो भन्दा अघी त्यसरी दरबार मा कहिल्यै कुनै कुरा हराएको थिएन । यो घटनाले दरबार मा खैलाबैला मचियो । केही पहरेदार र भारदार ले दोष नयाँ आएकी माया माथि लगाए । शुरुमा त राजा रानी ले बिश्बासै गर्न सकेनन । यो भन्दा अघी कहिल्यै त्यस्तो घटना नघटेको र मायाको दरबार आगमन पछी नै यो घटना भएकोले मायालाई परिबन्दमा पार्न सफल भए भार्दार हरु ।
ले मायालाई सजाए दिनु भन्दा अघी मौका दिदै भने , ” माया ! ”
” सरकार ! महाराज ! ” माया थुरुरु डराउँदै लगलग काँप्दै हात जोडीरहेकी थिईन ।
” हेर ! माया ! हामीलाई तिमीप्रती दया छ अझै ! हामी तिमीलाई माफि बक्स गर्न सक्छौ , यदी त्यो कहाँ लुकाएकी छ्यौ खुरुक्क भन्यौ भने ! ”
” महाराज ! मैले चोरेकै छैन ! सरकार ! म कहाँ बाट देखाउ ? ! ” उ बलिन्द्रधारा आँशु चुहाँउदै अलाप गर्दै रुन थालि । अन्य भारदारहरुको स्बर को अगाडि उस्को अलाप विलुप भयो ।
अन्तोगोत्बा उ दरबार नजिकको बडेमाको ढुङ्गाहरुले पर्खाल लगाइएको काल कोठारीमा बन्द भई ।

~~~~

यता मैना चरी एक दिन – दुईदिन – तीन दिन गर्दै दिन गन्दै पर्खि रही । माया आइन । उस्ले सोची पक्कै पनि दरबारको सुख सुबिधा सुन्दरतामा मायाले मलाई भुली ! यस्तै सोच्दै मैनाले आँशु चुहाइ एक्लै ।

उस्लाई अब मायाको घर न्यास्रो लाग्न थाल्यो । उ भुरुरु उडेर जङ्ल मा गई । तर उस्को आत्माले शान्ती दिएन ! उ जङलमा बस्न सकिन । फेरी फर्केर माया कै घर मा आई जहाँ उस्को बाल्यकाल बितेको थियो मायासँग । जहाँ उ हुर्किएकी थिई मायाको मायामा । माया उस्लाई आमा जत्ती कै प्यारो लाग्थि र साथी जत्तिकै मायालु पनि ।
उस्ले मनमनै अठोट गरी , ” रुखमा गँड बनाएर बस्नुभन्दा अघी म मायालाई भेट्छु र बिदा लिएर मात्रै यो घर छोड्छु ” यसो सोच्दा उस्को मन असाध्यै दुखेको थियो ।

~~~~

उु भुरुरु उड्दै राजदरबार नजिक पुगी ।
ओहो ! राज दरबार ! कती सुन्दर ! अहा ! कती राम्रा राम्रा रुख हरु ! कती राम्रा राम्रा फूल बुट्यान हरु ! कती जात जात का चरा चुरुङी हरु !
उ त दाङ प रि !
ठुला ठुला पर्खाल ले घेरिएको थियो दरबार । पहरेदार हरु थिए – चारैतिर ।
जो कोही मान्छे सजिलै दरबार भित्र छिर्न पाउदैन थियो । उ त चरी न भई ! भुरुरु उडेर पुगेकी थिई दरबार भित्र ।
ओहो ! अल्ली परको त्यो सुन्दर तलाउ ! आहा ! उ तलाउको नजिकै गएर बाबियाको डाँठ मा झुल्दै तलाउ हेर्न थालि । अहा ! कत्ती सङ्लो पानी ! कत्ती निर्मल ! उस्ले तलाउको गहिराइ सम्म आँखा पुर्याइ । स-साना गोला रङ्ग रङ्ग का ढुङ्गा हरुले तलाउमा चमक थपेको थियो । रङी चङी जातजातका माछाहरु छुनुमुनु छुनुमुनु पौडिदै थिए । कमलका फूलमा ति फूत्त फूत्त लुकामारी खेल्थे ! उस्ले कल्पना गरी , ” आहा ! म पनि माछा भईदिए यस्तै गरी पौडिने थिएँ ! ”
मन्द मन्द पबन मा चमेली – बाबरी – गोदाबरी आदी फूलहरुको सुगन्ध छरिएको थियो । मैना एक छिन् त लठ्ठै परे जस्ती भई । रुखका हाँगाका डालीमा बसेर केही तरुना चराहरुले मैनालाई जिस्काउदै थिए । उ मसक्क मस्की ।
अल्ली पर एक हुल कागहरु का ! का ! गर्दै उड्दा पो उ झस्याङ्ग भई । उ त माया सँग बिदा माग्न पो आएकी थिई !

एक छिन् उस्को मन फेरी अमिलो भयो । ” यस्तो सुन्दर ठाउँमा आएर भुलेकी रहिछ र पो त ! ” उस्ले मन मनै यस्तो सोची र माया सँग नभेटी जङल फर्किने बिचार गरेर टोलाई । फेरी के सोँची कुन्नी मायालाई खोज्न यता उता भुरुरु उड्न थालि । अहँ कतै पनि देखिन मायालाई । त्यती ठुलो दरबारको बगैचा ! उ उड्दा उड्दै थाके जस्ती भई । थकित मन लिएर फर्किन के खोज्दै थिई अल्ली पर गुलाबको बगैचामा एकजना बुढो मान्छेले गुलाब का हाँगा छाट्दै गरेको देखी । उ माली बाजेको छेउ मा पुगी र बोली , ” माली बाजे ! नमस्ते गरे है ! ”
माली केही आबाज आए जस्तो लागेर यता उता हेर्न थाल्यो र कोही पनि नदेखी फेरी आफ्नै शुर मा काम गर्न थालयो ।
” माली बाजे ! हामी सँग बोल्न पनि हुन्न र तपाईंलाई ? ! ” फेरी उसै गरी बोली मैना । माली बाजे फेरी झस्किएर पछाडि – दाँया बाँया हेर्न थाले । मसिनो नारी आबाजले उनि एकछिन् रणभुल्ल परे । फेरी कोही नदेखेकोले आफ्नै सुरमा काममा व्यस्त भए ।
” ए ! माली बाजे ! म यता छु के यता ! म मैना चरी ! यता हेर्नुस् न ! ” अहिले चाँही उस्ले पखेटा फट्फट् गर्दै भनी ।
माली बुढा एक छि न् त छक्क पर्दै त्यो फिस्टे चरीलाई हेरेको हेर्यै भयो ।
” नमस्ते गरे माली बाजे ! ” उस्ले फेरी पखेटा फट्फट् गरी ।
अहिले चाँही माली बाजे टाउकोको टोपी गुलाफको हँगामा राख्दै बोले , ” हैन के भा ‘ को ! आजो मोलाई ! यो चारीले मुन्छे को बात् पो गर्चा ! आम्म्म्म्म्म ! आजुइ नामास्ते पानी भान्छ पो ! आपुइ ! गर्दै माली बाजे ले तीन तारा देखे ।

मैना नजिकै आएर भनी , ” माली बाजे ! म माया को साथी हो ! म माया लाई खोज्न आएकी ! मलाई माया देखाइ देउ न माली बाजे ! ”
” क्या भन्चा ! माया को साथि रे !!! त्यो चोर्नी ! हाम्रो राजकुमारीको कास्तो कास्तो साप्पै चोर्यो त्यास्ले ! अनी तो ! तोइले कासारि मुन्छे को बात् जान्यो ए गाँठे ! ”
मायालाई चोर्नी भनेको शब्द्ले एक छिन् त मैना चिसै भई । उस्को जिउ को ,प्बाँख जिरिङ्गग भयो । उस्ले बल्ल कुरा बुझी के कारणले माया घरमा नगएकी रहिछ भनेर ।
अनी मैनाले माया र मैना को ( आफ्नो ) बारेमा बेलिबिस्तार लगाइ बाजेसँग र भनी , ” माली बजे ! माया चोर्नी हुनै सक्तिन ! म यो रहस्य बुझेरै छोड्छु ! मलाई माया देखाइ देउ बाजे ! ”
पहिला त मालीबाजे हच्कियो माया बसेको ठाउँ देखाइ दिनलाई तर मैनाको बलिन्द्र धारा आँशु र माया – मैना को जिबन कथा सुने पछी भने उस्को मनमा माया पलायो । उस्ले कसैलाई नभन्नु भन्ने बचन लिएर माया थुनिएको ठाउँ बतायो । मैना बाजेलाई धन्यबाद दिएर त्यहाँबाट भुरुरु उडी ।

~~~~

मायालाई थुनिएको काल कोठारीमा छाना थिएन , ढोका झ्याल पनि थिएन तर सानो प्बाल भने थियो जहाँ बाट उस्ले कैदिले पाउने खाने कुरा खान पाउँथि । मैना त चरी न परि ! भुरुरु उडेर अग्लो पर्खाल माथिबाट हेरी मायालाई । माया पर्खालको भित्तामा अडेस लगाएर लडीरहेकी थि ई । उस्का काला बाक्ला कपाल फिँजारिएको थियो । आँशुले मायाको चोलो सप्पै भिजेको थियो । मैनालाई एक छिन् त ” माया ! ” भने र्बोलाउने साहास पनि आएन । उ पर्खाल माथि नै बसेर माया लाई तल हेर्दाइ तप ! तप ! तप ! आँशु चुहाउन था लि । मैनाको आँशु मायाको निधार मै तप ! तप ! खस्यो । तातो आँशु को स्पर्शले माया ब्युझिएर माथि हेरी । ” मैना ! ” उ घाँटी सुकेको स्बरले कराइ । रुँदा रुँदा उस्को घाटी पनि सुकेको थियो ।
मैना उडेर माया को अगाडि आई ” माया ! ”
दु बै धेरि बेर रोइ रहे । मायाले आफू निर्दोस भएको ब ताइ । मैनाले भनी , ” तिमी नाअत्तिउ माया ! म छु नि ! म सबै कुरा बुझेर आउछु ! ” यती भनी उु उडी ।
~~~~
उ अब कुराको रहस्य बुझ्न् दरबारको बगैँचातिर उड्न थालि । पर बाँसको झ्याङ्ग नजिक ३ जना मान्छेहरु खुसखुस कुरा गर्दै थिए । उनिहरु निक्कै सतर्क देखिन्थे । मैना पनि सतर्क भएर उनिहरु को छेउ बासको पातमा छलिएर कुरा सुन्न थालि ।
एउटा जुँगे जस्तो मान्छेले भन्यो , ” मेरो मैयाले यो सब चोरेर ल्याएकी हुँदा १ भाग बढी मेरो भागमा हुनु पर्छ ! ” उ जुँगा मुसार्दै बोल्यो ।
” काजी सा’ ब ! भई हाल्छ नि हजुर ! ” अर्कोले टोपी मिलाउदै भन्यो ।
अर्कोले , ” अब कहिले बाँड्ने हजुर ? ” उस्ले जुँगे बालाको मुखमा हेर्दाइ सोध्यो ।
” भर्खर केहीदिन पनि बित्या छैन ! २-४ महिना त कुर्नै पर्छ केटा हो ! अनी बाँडम्ला ! अहिले बाँडेर भाग्दा सबैले हामीलाई नै शङ्का गर्छ्न कुरा बुझ्यौ ? उस्ले आदेशात्मक शैलिमा बोल्यो ।
” बुझ्यौ हजुर ! ” दुबैले एकै स्बरमा भने ।
” लौ म गएँ अहिले ! सरकारबाट खोजी हुन सक्ला मलाई ! यो कुरा गोप्य रहोस्नि ! ” भन्दै बाँस को झ्याङ्ग मुनी लोभि नजर गाडेर उ गयो ।
उ गईसके पछी ति दुईले भने ” दिउँला तेल्लाई! अझ एक भाग बढी रे ! हेर हामी छिट्टै नै यो लिएर मुग्लान भाग्नु पर्छ ! १-२ हप्ता भित्र मै ! ”
अनी उनिहरु पनि उसै गरी त्यो झ्याङ्ग मुनी लोभि नजर गाडेर त्यहा बाट हिंडे ।
अब मैना चरीले प्रस्ट कुरा बुझी ।
उ यो कुरा माया लाई भन्न् हतारिएर उड्न थालि ।
उड्दा उड्दै उस्ले पर बाबरी – चमेली बगैचामा राजा रानी लाई देखी ।
उस्लाई राजा रानीको कुरा सुन्ने इछ्या जाग्यो । उ सुस्तरी चमेलीको डालीमा छेलिएर कुरा सुन्न बसी ।
” गाथमा आराम भएन कि हजुर ? भुजा ज्युनार पनि राम्रोसँग गरीबक्सेन ! सुकुला पनि आरामले गरी बक्सेको छैन ! मुहार मलिलो देख्छु ! ”
रानीले राजातिर पानसुकमेल अगाडि बढाउदै भनिन ।
” अँ ! यस्तै भई राख्या छ ! सार्है मन गरुन्ङो भई राख्या छ हामीलाई । ति मायालाई त्यसरी सजाए दिनु पर्दा ! भारदारको कुरा सुन्नै पर्‍यो ! ”
” त्यो त हो हजुर ! मेरो पनि हिर्दयमा एक तमासको पिर लाग्या छ ! बिश्वास नै गर्न गार्हो तिनले चोरिन भनेर ! कसरी सम्झाउँ मनलाई ! ” रानीको मुहार उस्तै उदास देखियो ।
यही मौकामा मैनाले बोली , ” महाराजको जय होस् ! महारानीको जय होश ! ”
राजारानीले सानो नारी स्बर सुने चारै तिर पल्याक पुलुक हे रे । अहँ कोही देखेनन । दुबै मुखा मुख गरेर बाल्ल परे ।
फेरी मैना चरी बोली , ” महाराज ! महारानी ! सरकार ! माया निर्दोष छे ! मायाले गरगहना चोरेकी होइन ! ”
राजा रानी यसपटक तर्से झैँ भए । उनिहरुले आकाशबाणी पो हो कि भनेर आकाशतिर हेरे । मैना चरी फुर्र उडेर राजा रानीकै टेबल मा आई ।
” रिसानी माफ होस् ! हजुरहरु को नजरमा पर्नलाई यो टेबल मा टेक्ने दुस्साहस गरेँ सरकार ! म यहाँ छु सरकार ! सरकारको जय होस् ! ” उस्ले पखेता फ्यट्फ्यट् गरी ।
” ओहो ! ”
राजा रानी दु बैको मुखबाट एकै चोटि स्बर निस्कियो ।
” दर्शन गरे सरकार ! सरकारको जय होस् ! ”
” तिमी को हौ ? ! कसरी यो सब भन्दै छौ ? कसरी मानब भाषा सिक्यौ ? ” राजाले एकै सास मा सोधे ।
” सरकार ! म मैना हुँ । मेरो आमा भने पनि साथी भने पनि माया हो । “उस्ले प्बाँख नउम्रदै देखी मलाई हुर्काएकी थिई — ! ” अनी सबै बेली बिस्तार् लगाइ । अनी ति दरबार भित्रका तिन चोरहरुको बारेमा पनि खुलस्त पारी र तिनिहरुले गहनाहरु लुकाएको ठाउँ मा पनि लगेर देखाइ ।
राजारानीको आदेशमा तुरुन्तै त्यहा खानतलासी भयो । गहनाहरु भेटिय ।
त्यस पछी ति तिन चोरहरुले जिबन भरको सजाय पाए काल कोठारीमा ।
राजारानीले स-सम्मान माया लाई मुक्त गर्दै हात जोडेर माफि मागे माया सँग ।
माया भाब बिव्ह्वल भएर रोइ ।
राजकुमारी पनि खुशी भएर माया लाई अँगालो हाली ।
राजारानीले माया र मैनालाई थुप्रै पुरस्कार दिए ।
सुन्नेलाई सुनको मा ला , बिन्दु लाई फूलको माला ।

*******

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: