सेता कागजमा छापिएका काला अछ्यर

November 28, 2015

-Bindu

सेता कागजमा छापिएका काला अछ्यर
उमा !
बिनोद आकाश खसाउला झैँ गरी चिच्यायो ।
के भो ! किन बोलायौ ? उमा भान्साबाट आईपुगी ।
जाडोको मौसम , कौशीमा भर्भराउँदै गरेको कोइला चुल्हो नजिक पुरानो पत्रिका आधि च्यातिएको र
बाँकी खरानी भईसकेको देखेर उ रुन मात्रै सकेन । ‘यो के गर्या तिम्ले’ ? उस्ले बाँकी आधी च्यातिएको
पत्रिका देखाउदै सोध्यो ।
‘कोइला बाल्नलाई नि । तिमी बाथरुममा थ्यौ । न्बाएर आ’सि मकल तापौँला भनेर नि । तिम्लाई
रुघा ला’छ । यै बेला न्बाउन गयौ ! त्यै भ’र हतार गर्दै कोइला बालेँ । बसेर हात सेक्दै गर ,म मरिच
च्या ल्याउँछु है !’ भन्दै उ चिया बनाउन जान लाग्दै थिई , बिचैमा बिनोद बोल्यो -‘ उमा ! तिम्ले
यो के गर्यौ ? ! तिम्लाई था छ यो पत्रिका कैले को हो ? ! के हो’ ? ! उस्ले बाँकी आधी च्यातिएको
पत्रिका समातेर छातीमा नै टाँसुला झै गर्दै मकल नजिक को मुढामा थ्याच्च बस्यो ।

बिनोदको यो चित्त दु खाइ देखेर उमा ट्बाल्ल परि । उस्ले केही भेउ पाउन सकिन । दिन दिनै थुप्रिएका पत्रीकाहरु हप्ता दिनमा थुङा बनाउन कागज किन्न आउने रामुलाई दिने गरेकै हो । तिनै पत्रिका मध्य
दुई चारपाना जलाएर कोइला बाल्दैमा यिनलाई किन यस्तो पिर पर्‍यो आज ! उस्ले केही भेउ पाउन
सकिन ।
‘थुप्रै कागत त थुङगा बेच्नेलाई बेचिरा’ हो , त्यो गर्दा त तिम्ले क्यै भनेनौ त ! तिम्ले नै थुपार्ने थुप्रोबाट
झिकेर पोल्या त हुँ नि मैले !’
‘ ओह ! हिजो राती माथि आल्मारीमा थन्काको पत्रीकाबाट यो झिकेर हेर्दैथेँ , निदाउनु अगि टेबल माथि पत्रीकाको थुप्रोमा राखिदिएछु !उफ्फ !’ बिनोद दुखि भएर बोल्यो ।
उमा बिनोदको घुँडामा टाँसिएर बसि अनि बिस्तारै उस्को हात बाट आधी च्यातिएको पत्रिका झिकेर
हेर्न थालि ।

गते दोस्रो जन आन्दोलन —-

‘जनताले दोस्रो आँखा मात्रै होईन तेस्रो आँखा पनि खोल्दै छन’ — शिर्सक थियो त्यो । उक्त लेखका
शब्द-शब्द हरफ-हरफले देश द्रोही – देश घाती -जनता र देशप्रति गद्दार गर्ने षड्यन्त्रकारीहरुलाई
थप्पड का थप्पड हानेको थियो । यहि लेखको कारण बिनोद केही समय भूमिगत नै हुनु परेको थियो ।
त्यही लेखसंगै उ एकाएक चर्चामा आएको थियो । त्यो भन्दा अघिका उसका मेहेनतहरु यही लेखसँगै
फूलेको थियो । त्यो दिनदेखि उसका लेखहरुलाई छाप्न सम्पादकहरु लालायित हुन्थे । उ कहिले फूल
भएर फक्रन्थियो कहिले काँडा भएर घोच्थ्यो । उस्का शब्दका घोँचाइहरुले जनताको घाउमा अकुपञ्चरको
काम गर्दै गईरहेको थियो । पाठकहरु उस्को लेख खोजी खोजी पढ्न मन पराउँथे ।
पहिला पहिला ‘लौ न मेरो लेख राखिदिनु पर्‍यो ! छपिदिनु पर्‍यो !’ भन्दै बिनोद अनुनय गर्न जान्थ्यो ।
जबाफमा ‘ अल्ली स्तरिय भएन , फेरी कोशीस गर्नु होला !’ आदि जबाफ पाउथ्यो ।
अब भने समयले कोल्टो फेरेको थियो । उस्लाई कोही भाईको नाता लगाउदै कोही दाइको नाता लगाउदै
कोही साथीको नाता लगाउदै अनुरोध गर्थे ,
‘भाई ! तिम्रा लेखहरुलाई स्बागत छ है हाम्रो पत्रिकामा ‘
‘दाई ! लौ न ! भर्खर शुरु गर्दै छौ हामी , यसो हामीलाई पनि कृपा गरिदिनु पर्‍यो ! दाईको साथ् पाए अघि
बढ्न मद्दत पुग्थ्यो ‘
‘लौ न यार ! के के लेख्दै छौ ? लिएर आउ ! आज फलानो ठाउँ मा पार्टी छ तिमी आउ नै पर्छ है !
पार्टी जमाउनु पर्छ यार ‘
अनि उस्को जबाफ हुन्थ्यो , ‘म आउन सक्तिन यो समयमा — त्यो ठाउँ मा पुग्नु छ —
फेरि अनुरोध हुन्थ्यो ‘ ए त्यसो भए बरु पार्टीकै समय मिलाउला नि ! भनन बरु कुन समय उपयुक्त
हुन्छ तिम्लाई ?’
उ मिलनसार थियो । सके सम्म समय दिन्थ्यो र भन्थ्यो , ‘ यो — समय उपयुक्त हुन सक्छ — ‘
उताबाट नाफाको स्बर यसरी आँउथ्यो , ‘ त्यसो भए त्यै समयमा , ल पक्का भयो है त’ ?
अनि उस्ले बचन दिन्थ्यो , ‘पक्का’ ।
पार्टी – सम्मेलनहरुमा उसको उपस्थितिले महत्वपूर्ण ठाउँ पाएको थियो .

फेरिएको दिन चर्या सम्झदै उमाले पनि यो पत्रिकालाई माया लाग्दो आँखाले हेर्दै पछुताएको भावमा बोलि,
‘ मैले त अछ्यरै हेरिन नि ! ज्या ! तिम्ले त्या राखेको ठाउँ बाट झिकेर बालिहाले ‘ ! उस्को स्बर मलिन भयो । उस्ले क्षमा-याचना भरिएको आँखाले बिनोदलाई हेरी ।
‘भैगो अब जे भयो भयो , राती २-३ बजे सम्म यै हेर्दै थेँ , अहिले को समसामयिक परिस्थितीसंग मिल्दो
लेख थियो त्यो । त्यो बेला र यो बेलामा क्यै फरक देखिएन — त्यो बेला घुमाउरो हुन्थियो , अहिले चाँही
ठाडै हुँदै छ —
उमाले कुरा बुझ्न् सकिन गहिरिएर या बुझ्न् जाँगर गरिन ।
‘म मरिच च्या ल्याउछु है ! तिमी हात सेक्दै गर ‘ उ उठेर चिया बनाउन गई ।

‘नेपालीको छातीमा हिमाली छायाँ छ
नेपालीलाई नेपालको बिछ्ट्टै माया छ
नेपालीको छातीमा —
रास्ट्रीय गित गुञ्जिरहेको मोबाईल उमाले बिनोदको हातमा राखिदिई ।
हेल्लो !
बिनोद जि ! नमस्ते !
ओहो ! सम्पादकज्यु नमस्ते ! नमस्ते !
सम्पादक : चिया पिउनु भो ? एकाब्यानै डिस्ट्रब त भएन ? त्यो भोलि छापिने भनेको न्युजको तयारी —
बिनोद : छैन छैन ! कत्ति पनि डिस्ट्रब भा’ छैन ! हा हा हा
अँ ( एकछिन् लामो लेघ्रो तान्दै – लामो स्बर ले ) म त्यसैको लागि
घोत्लिदैँ थे । मलाई शिर्षक अल्लि उपयुक्त लागेन , शिर्षक नै बदलेर केही थपथाप पनि गरेको छु —

उमाले चिया ल्याएर मकल छेउमा राख्दीई ।

बिनोद उठेर यता र उता गर्दै हाबामा हात हल्लाउदै फोनमा ब्यस्त थियो ।
सम्पादकको अनुरोध मिश्रित स्बर : ‘ होइन शिर्षक उई राख्दा नै राख्नु भए उपयुक्त हुने–
बिनोद : सम्पादक जी ! तपाई डराउनु भो ?
तपाई लोभिनु पनि भो पनि भन्न खोजेको थियो विनोदले तर भनेन या भन्न नभ्याउदै ,सम्पादक बोले

सम्पादक : सिधै बाण हान्ने ? त्यसो नगरी बरु यसरि —
बिनोदको आक्रोशात्मक जबाफ : चुपचाप सहेर बस्न इमान्दार पत्रकारको धर्मले दिदैन !
सम्पादक सम्झाउने शैलिमा : कुरा के भने अल्लि घुमाउरो पारामा लैजानु परेन ? धानिदिएकै छ —
बिनोदको आक्रोश : सम्पादक ज्यु ! तपाईं उई बाट चल्नुस् या जनताबाट —
सम्पादक : धानिदिएकोले —
बिनोद : यसरी कति दिन सम्म ?
~~
बिहान उठेर चिया पिउदै सेता कागजमा छापिएका काला काग अक्छ्यर पढ्दै थियो बिनोद –

( June 29, 2011 )

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: