भ्युगता राज

November 30, 2015

Bindu

भ्युगता राज

अस्ति केरुङ्ग हुदै पेट्रोल ग्यास आदि ल्याउने भनेर हेलिकोप्टर चढेर जानु भा’को

हैन हाम्रा सरकारका पधाधिकारी महोदयहरु . बहाहरुको हेलिकप्टर चढेर नेपालका
पाहाड हिमाल हेर्ने रहर पुरा भो हैन ?सरकारमा रहने पदाधिकारीलाई आफ्नो
भूगोलको बारेमा अनि आफ्नो देशको बोर्डर छेत्रको बारेमा अलिकति पनि जानकारी
थिएन ?अनि चीनको आर्थिक बढोत्तरी र बिशाल भारतको बजार चाहिने चीनको आर्थिक
नीति — यी सब कुरामा अलिकति पनि हेक्का थिएन ? नाका खुलाउन पहल गर्नु
नै थियो भने काठमान्डू बाट नजिक त्यो तातोपानी नाका तू खुलाउने पहल गर्नु
पर्दैन ? तातो पानि नाका त बार्है महिना आवत जावत गर्न मिल्ने सजिलो बाटो हो .
अर्को कुरा , नेपाललाई सहयोग गरिरहेको चीनले किन केरुङ्गको नाका हुदै पेट्रोल
ग्यास आदि ल्याउन आनाकानी गर्यो ? मानेन ? यस भित्र पक्कै पनि गम्भीर रहस्य
छ नै — ?यहा फोटोमा देखीएको ट्रक भन्दा ठ्याक्कै दुगुना ठुलो ट्रक ! त्यस्तो
ठुलो ट्रक गएको मार्च- अप्रिलमा म ट्रेकिंग जाँदा धुन्चे पछी स्याफ्रुबेशी तिरको
बाटोमा देखेकी थिए . मैले सोधेकी थिए तयहाका मान्छेसंग , उनीहरुले त्यो केर्रुंग
हुदै चाईना जान्छ भनेका थिए . त्यति ठुलो साधन भित्र के थियो ? नेपालबाट के
लगिदैथियो ? अनि त्यति ठुलो साधन जाने केरुङ्गको बाटोबाट पेट्रोल ग्यास आदिचै
ल्याउन नसकिने या नमिल्ने ? यस्तै हुन्छा देशको सरकार सबल बन्न नसकेपछी —
कैले कसरी बन्छ हाम्रो सरकार सबल ? यहा थुप्रै शक्तिहरु ( नेताहरु ) आ- आफूमै
विभाजित छन् — ति खुट्टा तानातानमै व्यस्त —

कुबामा
भ्यागुता प्रशस्त
खुट्टा तानेको तान्न्यै
जनता भ्यागुताको पछाडी
जनताले उज्यालो संसार कैले देख्ने ?
नभए सम्म भ्युगता राजको अन्त
नदेखिने भो उज्यालो संसार

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: