र सरकार जनताको साथ् मा छ —

January 13, 2016

  • Bindu
  • भूकम्प अप्रिलको अन्तमा गयो
    बर्सातको बेला

तिनको आपत बिपत —

जाडो आयो
कठ्याङ्ग्रिएका छन्
९ महिना भईसक्यो
लोकाचारका शब्द बाहेक
ठोस कार्यक्रम छैन
आफ्नो पकेटबाट दिनु पर्ने पनि होईन ,
बिदेशी दाताहरु पर्खिरहेका छन् ठोस कार्यक्रम मार्फत सहयोग गर्न
तर सरकारले ठोस कार्यक्रम छिट्टो ल्याउन सकेको छैन
र सरकार भन्छ जनताको साथ् मा छ —

भारतले नाकाबन्दी लगाएको छ
जनता सास्तीमा छन्
प्रधान मन्त्रि / नेताहरु हास्दै ख्याल ठट्टा गर्छन्
हाँसो ख्याल ठट्टा गर्दै
र सरकार भन्छ जनताको साथ् मा छ —

नेपाल सरकारलाई सोध्दा पनि नसोधी
अर्थात सोध्न आबश्यक पनि नठानी
यसको मतलब नेपाली जनताको अभिभाबक नभए सरह हेपेर
आफ्नो देसका मान्छेमा प्रयोग गर्न नसकिने औषधि
नेपालका नागरिकमा प्रयोग गरि
नेपाली नागरिकलाई गिनिपिग बनाईएको
समाचार छापेर मिडिया रुन्छ .
http://www.enayapatrika.com/2016/01/४६५५७
र सरकार भन्छ जनताको साथ् मा छ —

नाकाबन्दीको निहुमा बजार भाऊ आकाशिएको छ
सरकार खुलेयाम काला बजारीलाई समर्थन गर्छ
सोझा ईमान्दार जनता निस्सासिएका छन्
चतुर बाठा बलियाहरुलाई गज्जबको गणतन्त्र आएको छ
र सरकार भन्छ जनताको साथ् मा छ —

१० बर्ष अघि जेठो छोरा कतारमा गएको , ऐले सम्म उतै छ
९ महिना अघि 18 बर्षे नाति मलेसिया पुग्यो ,
अस्ति उता बाट फर्केकी कुमारीसंग
बुहारी पनि इजरायल जान लाग्दै छे
बुढिया एक्लै हुदै छिन्
र सरकार भन्छ जनताको साथ् मा छ —

शिह दरबारमा सरकार छ
शितल निवासमा सरकार छ
प्रचण्ड निबासहरुमा सरकार छ
ओली कोईराला निबासहरुमा सरकार छ
काला बजारिया तस्करी निबासहरुमा सरकार छ —

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: