भेरी नदीमा सुन खोज्दै चिनियाँ कम्पनी

January 27, 2016

११ माघ, जाजरकोट ।  भेरी नदीको किनारमा एक चिनियाँ कम्पनीले सुनखानीको


सम्भाव्यता अध्ययन थालेको छ । जाजरकोटको खलङ्गा धल्ला र जगतिपुर मटेलास्थित भेरी नदीको बगरमा चिनियाँ कम्पनी धर्मश्री माइनले सुनखानीको सम्भाव्यता अध्ययन थालेको हो ।

veri nadi ko pakki pull

 

धल्लामा चिनियाँ नागरिक संपिङको नेतृत्वमा रहेको टोलीले दुई ठाउँमा जमिनमुनि डि्रल गरेर अध्ययन गरिरहेको छ । एक सय ५० फिट गहिरो डि्रल गरेर अनुसन्धान गरिरहेको भए पनि खासै प्रगति नदेखिएको दोभासेको काम गरिरहेका काभ्रेका भोजकुमार तामाङमार्फत टोली प्रमुख संपिङले बताए । चिनियाँ कम्पनी खानी तथा भुगर्भ विभागबाट सुनखानीको अध्ययन तथा अनुसन्धानको अनुमति लिएर जाजरकोट आएको हो ।
अनुसन्धानका लागि आवश्यक प्रविधिसहित आएको टोलीले अझै तीन महिना काम गर्ने बताएको छ । आवश्यक सामग्री लिनका लागि अध्ययनस्थलसम्म कम्पनीले दुई किमी मोटर बाटोसमेत निर्माण गरेको छ । भेरी नदीका विभिन्न ठाउँमा सुन पाइएको खानी तथा भुगर्भ विभागसँग तथ्याङ्क रहेकाले कम्पनीले चासो देखाएर पाइलट प्रोजेक्टका रुपमा अनुसन्धान गरिरहेको कम्पनीले जनाएको छ ।
जमिनमुनिबाट निकालिएका विभिन्न प्रकारका ढुङ्गा र अन्य खनिज पदार्थ थप अनुसन्धानका लागि कम्पनीको केन्द्रीय कार्यालयमा समेत पठाउने गरिएको कम्पनीका नेपाली सहयोगी भोजकुमार तामाङले बताए । रासस

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: